सर्लाही, २० साउन । नर्स ज्योति रानाभाटले आमरण अनशन तोडेकी छन् । सरकारसँग १९ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

सरकारकातर्फबाट स्वास्थ्‍य तथा खाद्यय स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानुन अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका साथै प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाललगायत अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिको रोहबरमा सहमति गरेर ज्योतिले अनशन तोडेकी हुन ।

सहमति अनुसार नर्स तथा मिडवाइफलगायत स्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा सम्मानजनक सेवा सुविधा निर्धारण गर्न स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र कार्यदल गठन गर्नेछ । यो कार्यदलले कम्तिमा ६ महिनाभित्र काम सक्नुपर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

नर्स रानाभाटले १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी थिइन् । उनका माग सम्बोधनको पहल गर्ने गरी सहमति भएको छ ।

रानाभाटले सेवा सुविधाका साथै भ्रष्टाचारमुक्तपारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद्गुणस्तरीय नर्सिङ शिक्षानिष्पक्ष लाइसेन्स परीक्षासम्मानजनक सेवा–सुविधा तथा सुरक्षित स्वास्थ्य प्रणाली निर्माणको माग अघि सारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *