सर्लाही, २७ साउन । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका- ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन् ।

बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितले नारावाजी गर्दै विरोध प्रदर्शन गरिरहेको उनले आत्मदाहको प्रयास गरेकीहुन् । उनले पेट्रोल आफ्नो शरीरमा खन्याएपछी प्रहरीले उनलाई रोकेका थिए ।

न्यायाधीशले पैसा लिएर साहुलाई छाडेको उनको अरोप छ ।

अदालतमा आज पक्राउ परेका साहुविरुद्ध थुनछेक बहस भैरहेको छ। गोपाल साह, रेखा साह र हरेराम साह पक्राउ परेकोमा थुनछेक बहस भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *