सर्लाही, ३१ साउन । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

भ्रमणका क्रममा भारतीय सेनाप्रमुख जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

नेपाल र भारतबीच रहँदै आएको विशिष्ट सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मित्रवत् सैन्य सम्बन्धको निरन्तरता स्वरूप एक-अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा छ ।

सन् १९५० देखि निरन्तर कायम रहेको यो अभ्यास दुई देशका सेनाबीचको आपसी विश्वास र अनुपम सम्बन्धको प्रतीकका रूपमा रहिआएको छ ।

यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई गत २०८१ मंसिर २७ गते भारतको नयाँदिल्लीस्थित एक विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *