सर्लाही, ०३ भदाै । भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलङ्कालाई १६५ रनले हराएको छ । योसँगै २ खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको छ ।

गालेमा भारतले दिएको ३७२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पाँचौँ दिनको खाना समयपछि २०६ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका सोनल दिनुशाले ८४, कप्तान धनञ्जय डी सिल्भाले ५९ रन बनाए । भारतका मानव सुथारले ६ विकेट लिए ।

भारतले दोस्रो पारीमा १९३ रन बनाएको थियो । भारतका ऋषभ मन्तले ६६ रन बनाए । श्रीलङ्काका असिथा फर्नान्डोले ४ विकेट लिए ।

यस्तै भारतले पहिलो पारीमा ४६२ रन बनाएको थियो । भारतका देवदत्त पडिक्कलले १६७, केएल राहुलले ८२, धूव जुरेलले ५१ रन बनाए । श्रीलङ्काका प्रभात जयसूर्याले ४ विकेट लिए ।

श्रीलङ्काले पहिलो पारीमा २८४ रन बनाएको थियो । श्रीलङ्काका सोनल दिनुशाले १००, निरोशन डिकवेलाले ८० रन बनाए । भारतका मानव सुथारले ४ विकेट लिए ।

भारत र श्रीलङ्काबीचको दोस्रो टेस्ट आउँदो आइतवारदेखि कोलम्बोमा शुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *