सर्लाही, ०४ भदाै । जापानमा संक्रमण देखिएको १०७ वर्षपछि नेपालमा यसको संक्रमण देखिएको थियो । स्वास्थ्य सेवा विभागअनुसार नेपालमा सन् १९७८ अर्थात् २०३५ सालमा पहिलो संक्रमण पुष्टि भएको थियो ।
२०६६ सालसम्म आइपुग्दा जेई संक्रमण नेपालका २० जिल्लामा देखिएको थियो । जोखिम बढ्दै गएपछि २०६६ सालमा स्वास्थ्य मन्त्रालयले एक वर्षमाथिका सबै बालबालिकालाई जेईविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
खोप लगाए पनि नेपालमा जेई संक्रमण घट्नुको साटो झन् बढ्दै गयो ।
नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले २०७३ सालमा विशेष खोप अभियान सञ्चालन गर्यो। २०७३ सालमा खोप लगाउन छुटेका व्यक्तिहरू नै मुख्य चुनौती बनेको सरकारको आकलन छ ।
१५ वर्षमुनिका बालबालिका बढी संक्रमित हुन थालेपछि सरकारले २०७३ देखि नै नियमित खोप अभियानअन्तर्गत १२ महिना पुगेका बालबालिकालाई जेई खोप लगाउने गरेको छ । डब्ल्यूएचओले दुई महिनाभन्दा माथिका लागि खोप सुरक्षित र प्रभावकारी मानेको छ ।
नेपालमा ५ वर्षमा ११० जनाको जेईबाट मृत्यु
नेपालमा जेईबाट हुने मृत्युदर उच्च रहेको छ । पाँच वर्षयता ११० जनाले जेईबाट ज्यान गुमाएका छन् ।
सन् २०२२ मा ७९ जनामा जेई पुष्टि हुँदा ४ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा २० जनाको जेईबाट मृत्यु भएको थियो । सो वर्ष १०८ जनामा जेई देखिएको थियो ।
यस्तै सन् २०२४ मा ८६ जनामा देखिँदा २८ जनाको मृत्यु भएको थियो। गत वर्ष भने ४१ जनाको जेईबाट मृत्यु भएको थियो। १८३ जनामा जेई देखिएको थियो ।
नेपालमा जेईबाट यस वर्ष १७ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार चार ६६ जनामा संक्रमण देखिएकोमा १७ जनाको मृत्यु भएको छ । महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले हाल जेई पुष्टि भएका चार जनामध्ये एक जनाको मृत्यु भइरहेको बताए ।
जेई देखिएका ३२ जनाको उपचार भइरहेको भन्दै डा गौतमले मृत्यु हुनेमा सबैभन्दा बढी झापा जिल्लाको रहेको जानकारी दिए। उनका अनुसार झापामा पाँच जना, सुनसरी, सप्तरीका दुई–दुई जना, मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे, दाङ, नवलपरासीका एक–एक जनाको मृत्यु भएको छ ।
‘जेईबाट हुने मृत्युदर प्रत्येक वर्ष ३० प्रतिशत देखिने गरेको छ । त्यो नै हाम्रो लागि ठूलो चुनौती बनेको छ,’ उनले भने, ‘जेई देखिएका मध्ये करिब ३० प्रतिशत मृत्यु भइरहेको छ । रोग लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुनु भनेको ठूलो समस्या हो ।’
उनका अनुसार यस वर्ष २३ जिल्लाका ५१ स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ ।
