सर्लाही, ०५ भदाै । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज (शुक्रबार) बिहान पोखरा आइपुगेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि आजै दिउँसो पोखरा आउने कार्यक्रम छ ।
त्यसअघि प्रधानन्यायाधीश शर्मा पोखरा आइपुेका हुन् ।
यो खबर लेख्दासम्म प्रधानन्यायाधीश शर्मा उच्च अदालत पोखरामा छन् ।
उच्च अदालत पोखराका प्रवक्ता निल पनेरुका अनुसार उनले भर्खरै जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालत भवनको निरीक्षण गरेका छन् ।
‘यसपछि उहाँले जिल्ला अदालतको प्रस्तावित भवनको सन्दर्भमा जानकारी लिने कार्यक्रम छ । भोलि (शनिबार) उहाँ म्याग्दी, पर्वत, बागलुङ जाने कार्यक्रम छ । उहाँ सहिद चोकमा रहेको राष्ट्र बैंक गेस्ट हाउसमा बस्नुहुनेछ’, उनले भने ।
प्रधानमन्त्री पोखरा आउने दिन नै प्रधानन्याधीश शर्मा आए पनि भ्रमण तालिकामा मुस्ताङ भने नसमेटिएको उनले बताए ।
प्रधानमन्त्री शाह चाहिँ पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम तय भएको सुरक्षा स्रोतले बताएको छ ।
पोखरामा प्रधानमन्त्री र प्रधानन्यााधीशबिच भेटघाट हुन्छ कि हुँदैन भन्ने खुलेको छैन ।
