सर्लाही, ०५ भदाै । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-८ स्थित नेपाल बैंक अगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान करिब १० बजेको समयमा मलंगवा नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी सर्लाहीको गोडैता नगरपालिका-५ बस्ने सत्यनारायण प्रसाद गुप्ताकी छोरी अन्दाजी २३ वर्षीया गुरीया कुमारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी गुरीया कुमारीलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको थियो । अस्पतालमा बिहान १०:२२ बजे चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले ट्याक्टर र चालक सर्लाहीको गोडैता नगरपालिका-११ बस्ने श्री साहका १७ वर्षीय छोरा अजय साहलाई नियन्त्रणमा लिएको छ। चालकसँग सवारीसम्बन्धी कागजातसमेत नरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *