सर्लाही, ०५ भदाै । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् । 

मन्त्री पुनकाअनुसार नेपाल भित्रिरहेका विदेशी ईभी गाडीहरु कहाँ कहाँ गुड्यो, कति किमी गुड्यो, इलेक्ट्रिक  मोटर तथा व्याट्रीको हालत के कस्तो छ जस्ता सम्पूर्ण डाटाहरु गाडी मोबाइल सीमबाट सोझै गाडी बनाउने कम्पनीमा जान्छ । 

‘गाडी चलाउने व्यक्तिलाई यस्तो कुरा थाहा हुँदैन । त्यस्ता डाटाहरु बास्तवमा नेपालको ठूलो सम्पति हो,’ उनी भन्छन् ।

त्यस्ता डाटाहरु नेपालमा नै सर्भर राखेर संकलन गर्ने र नेपालले पनि ति डाटाहरू प्रयोग गर्न पाउने व्यवस्था कसरी गर्ने भन्ने विषयमा बिज्ञ र सरोकारवालाहरु बीच छलफल भएको मन्त्री पुनले बताए । 

केही न केहि निष्कर्ष निस्कने र विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने एउटा प्रणाली निर्माण हुने मन्त्री पुनको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *