सर्लाही, ०५ भदाै । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् ।

उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ खाएका छन् ।

दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ ।

डा. श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलसँग पनि उनको लामो संलग्नता छ ।

उनी सन् २०१४-२०१६ मा काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए ।

काउन्सिलमा रहँदा उहाँले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *