सर्लाही, ०६ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–३, काब्रिस्थानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ज ११ प १२१३ र प्रदेश २–०२–००३ प ११७५ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ज ११ प १२१३ नम्वरको मोटरसाइकल पछाडि सवार हरिपूर्वा नगरपालिका–३ बस्ने ४० वर्षीय कारी पमरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०२–००३ प ११७५ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१५, सोकनाह बस्ने ४५ वर्षीय चन्देश्वर दास घाइते हुनुभएको छ । दासको जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज ११ प १२१३ नम्वरको मोटरसाइकल चालक हरिपूर्वा नगरपालिका–३, बस्ने २६ वर्षीय अदुत शेखलाई पक्राउ गरिएको छ ।
