काठमाण्डाै, ०६ भदाै । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्दिर बन्न लागेको छ ।
११२ करोड भारतीय रुपैयाँ लागत हुने बताइएको मन्दिरमा मोदीको सुनको मूर्ति राखिने भएको छ । यो विषय भारतीय सामाजिक सञ्जालमा मोदी मन्दिरको चर्चा व्यापक छ । तर, मूलधारका मिडियामा कमै चर्चामा आएको छ ।
भारतीय मिडिया इन्डिया टुडेकाअनुसार मन्दिर भारतका लैङ्गिक अल्पसंख्यकले बनाउन लागेका हुन् । उक्त समुदायलाई मोदीले मान्यता दिएको भन्दै त्यसको सम्मानमा मन्दिर बन्न लागेको बताइएको छ ।
‘भारत अन योर फिड’ नामक एक पेजमा राखिएको भिडियोमा मन्दिरका पक्षधर युवाले भनेका छन्, ‘यो मन्दिर बिहारको सबैभन्दा ठूलो मन्दिर हुनेछ ।
यसले भारतलाई विश्वगुरुको बाटोमा लानेछ ।’ उनले भिडियोमा मोदीको भजन पनि गाएका छन्– श्री राज श्री राम जय श्री मोदी ।
