सर्लाही, ०८ भदाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो ।
यस्तै प्रसाईंको घर खानतलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन पनि भनिएको छ । भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो ।
प्रसाईंको खानतलासी गर्दा बरामद भएका सामान समेत पेसीको दिन लिई आउन भक्तपुर प्रहरीलाई सर्वोच्चले आदेश दिएको हो ।
