सर्लाही, ०८ भदाै । यातायात व्यवस्था कार्यालय मलंगवामा कार्यालय प्रमुखका रूपमा अविन्दर दास उपस्थित हुनुभएको छ ।
दास रौतहटको सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयबाट सरुवा भई मलंगवा आउनुभएको हो ।
कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै दासले कार्यालयबाट प्रवाह हुने यातायातसम्बन्धी सेवाहरूलाई प्रभावकारी, व्यवस्थित, सहज र सेवाग्राहीमैत्री बनाउने बताउनुभएको छ ।
उहाँले सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्न नपर्ने गरी सेवा प्रवाहलाई सहज बनाउने तथा कार्यालयमा देखिएका समस्या पहिचान गरी आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दासले सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन आफूले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ ।
यातायात व्यवस्था कार्यालय मलंगवाबाट सवारी दर्ता, चालक अनुमतिपत्र, नवीकरणलगायतका यातायातसम्बन्धी विभिन्न सेवा प्रदान हुँदै आएको छ ।
