सर्लाही, ०९ भदाै । सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानहरूलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई एक सय १५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय ६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय रुपैयाँ र ठुला उपकरणलाई दुई सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।

सडकको बोर्डमा जम्मा हुने गरी सेवाप्रदायक कम्पनीले नै टोल ट्याक्स उठाउनुपर्नेछ । मोटरसाइकल, तीनपांग्रे सवारीसाधन, इन्धन बोक्ने ट्रकलाई भने सुरुङमार्गमा निषेध गरिएको छ ।

सुरुङमार्ग प्रवेश शुल्क टोल गेटमा एन–ट्याग र नगद दुवैबाट भुक्तानी गर्न सकिनेछ । एन–ट्याग कुमारी, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमा बैंकमा पाइनेछ ।

सुरुङमार्गमा अक्सिजन प्रवाह गर्न एयर भेन्टिलेसन जडान गरिएको छ । यसैगरी, टेलिफोनसमेत जडान गरिएको छ ।

सुरुङमार्गलाई उज्यालो बनाउन डेडिकेटेड फिडरमार्फत दुई मेगावाट विद्युत् निरन्तर आपूर्ति गरिएको छ । कुनै कारणवश विद्युत् अवरुद्ध भएमा आन्तरिक डिजेल प्लान्टबाट १५ देखि ३० सेकेन्डमा विद्युत् आपूर्ति गरिनेछ ।

सुरुङमार्गभित्र अग्नि नियन्त्रणको समेत व्यवस्था गरिएको छ । सुरुङमार्गभित्र गतिको सीमा तोकिएको छैन । तर, गाडी ओभरटेक भने गर्न पाइनेछैन । साथै, विपरीत लेनमा पनि जान नपाइने व्यवस्था गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *