सर्लाही, १० भदाै । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा मंगलबार साँझ करेन्ट लागेर दुई बालबालिका घाइते भएका छन् । 

बाख्रा चराएर घर फर्कदै गर्दा पोलको तार चुँडिएर करेन्ट लाग्दा चक्रघट्टा गाउँपालिका–८ का दिनेश रामको छोरा १८ वर्षीय आकाशकुमार राम र हरिनारायण रामकी छोरी १५ वर्षीया सन्चनाकुमारी राम घाइते भएका हुन् । 

घाइते दुवै बालबालिकाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आकाशकुमारको बायाँ हातमा करेन्ट लागेर चोट लागेको छ । सन्चनाकुमारीको अवस्था सामान्य छ । बालबालिकाका परिवार संलग्न भइ दुवै जनाको उपचार गराइरहेका डिएसपी गौतमले बताउनुभयो । 

नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण बिजुलीको नाङ्गो तार चुँडिएर दुर्घटना भएको स्थानीयले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *