सर्लाही, ११ भदाै । नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाहरुको खोजी तथा उद्दारलाई आज पनि निरन्तरता दिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान १२३ जना सुरक्षितरुपमा निस्किएका छन् ।

टिमुरे क्षेत्रबाट ९५ जना, हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका ७ जना तथा हराइरहेका २१ जना भारतीय पर्यटकको जीवितै उद्धार गरिएको हो । अन्य टनेलहरूमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ ।

आज बिहान नेपाली सेना, श्री १ सैन्य तालिम केन्द्र त्रिशूलीमा उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको बैठकले उद्दार कार्यलाई पहिलो प्राथमिकता राख्ने निर्णय गरेको थियो ।

उद्दारका लागि आज बिहान तीन हवाई उद्दार टोली परिचालित भएका छन् । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतसहित अन्य नागरिकको उद्धार गर्न हेलिकप्टर पठाइएको छ । साथै आवश्यक चिकित्सक टोलीसहित सुरक्षाकर्मीहरुको मोबाइल सेटहरु जेनेरेटरसहित लिएर धुन्चेका लागि टोली परिचालित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *