सर्लाही, ११ भदाै । एनसेल फाउण्डेसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्बसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा यो सहयोग घोषणा गरेको हो ।

विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै एनसेलले हराइरहेका तथा प्रभावितहरूको शीघ्र उद्धार तथा राहत व्यवस्थापनको कामना गरेको छ ।

प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको एनसेलले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई हिजोदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *