सर्लाही, ११ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह रसुवा नुवाकोटको विदुर पुगेका छन् ।
बुधबार भोटेकोसीमा आएको बाढीबाट भएको क्षति, बेपत्ताको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन शाह सडक मार्गबाट बिहीबार दिउँसो नुवाकोटको विदुर पुगेका हुन् ।
प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बसेका छन् ।
छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी छन् ।
उनीहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन् ।
