सर्लाही, ११ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा उत्पन्न प्राकृतिक विपद्पछिको राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाउन प्रस्ताव गरेका छन् ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा जारी सर्वदलीय बैठकमा सभापति लामिछानेले सबै दलको साझा संयन्त्रमार्फत अघि बढ्दा प्रभावकारी हुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौँ । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’
लामिछानेले विपद्को समयमा सरकारी कोषलाई एकद्वार प्रणाली मानेर सबै दलले सहयोग गर्नुपर्नेमा बताएका छन् । सरकारको राहत र उद्धार कोषलाई केन्द्रमा राखेर सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।
