सर्लाही, १२ भदाै । चीनको तिब्बतस्थि हिमताल फुट् दा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ ।
बाढी र पहिरोमा परी बिहीबारसम्ममा कम्तीमा चार सयभन्दा बढीको मृत्यु भएको छ भने अझै पनि कम्तीमा हजार जति व्यक्ति सम्पर्कविहीन भएको आशंका गरिएको छ ।
ठूलो संख्यामा घर, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्यलाई तीव्र बनाइएको सरकारले जनाएको छ । मृतकहरुको शव भेट्ने क्रम अझै सम्म पनि जारी नै रहेको छ भने जिवित उद्धार कार्यसमेत भइरहेको बताइन्छ ।
भोटेकोशी नदीमा आएको बाढीमा परी मृतकहरुको शव विभिन्न जिल्लास्थित नदीबाट फेला परेको छ । रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३० (विभिन्न मानव अंगसहित), तनहुँमा २२, चितवनमा १३२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव बरामद भएको प्रहरीले जनाएको छ ।
बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५० जना, नेपाली सेनाका ४ हजार २०० जना र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएको जनाइएको छ ।
सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीले हवाई र पैदल दुबै मार्गबाट कार्य जारी रहेको छ । मधेश प्रदेशका ४ दर्जनभन्दा सम्पर्कविहिन रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका करीब चार दर्जनभन्दा बढी सम्पर्कविहीन भएको प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी र विभिन्न जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ५१ जना समम्पर्कविहिन रहेका छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा पर्साका १० जना सम्पर्कविहीन छन् । त्यस्तै, महोत्तरीका ११ जना, सर्लाहीका ७ जना, धनुषाका ३ जना, बाराका ८ जना, रौतहटका ६ जना र सप्तरीका ६ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।
बाढीमा सम्पर्कविहिन हुनेहरुमा अधिकांश अपर त्रिशुली जलविद्युत आयोजना र हाइड्रोपावरमा काम गर्ने इन्जिनियर तथा सिभिल रहेको जनाइएको छ ।
प्रदेश प्रहरीका अनुसार सम्पर्कविहिन हुनेहरुमा पर्सा जिल्लाका नारायण पटेल, श्यामबाबु ठाकुर, कमरुल होदा अन्सारी, अनुतम बहादुर श्रेष्ठ, पृथ्वी चौधरी, श्यामलाल मोक्तान, पर्सा नजिक मकवानपुर हेटौँडाका घनश्याम बास्तौला, अभिषेक वास्तौला, आकाश तामाङ, उकेश दंगोल, बारा जिल्लाका सुबोध पटेल, अरुण हजरा, सुभाष पटेल, समिम देवान, दिनेश परियार, नमनारायण सिंह, प्रकाश राम, अंकित पटेल रहेका छन् ।
यस्तै रौतहट जिल्लाका गौरव राउत, शेख मजिद, सुधिर कुमार साह, समीर मन्सुरी, संगीताकुमार साह र उनका छोरा राहुल साह रहेका छन् भने सर्लाही जिल्लाका ज्ञानबहादुर थिङ, माधव काफ्ले, उनका छोरा अनुज काफ्ले, कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा, सुनिल कुशवाहा र सप्तरी जिल्ला बोदेबरसाईन नगरपालिका ८ काचनटोल एकै परिवारका तीनजना दाजुभाई सचित यादव, शिवकुमार यादव, देवकुमार यादव, रविन्द्रकुमार यादवसहित जिल्लाका अजयकुमार यादव, र साजन चौधरी रहेका छन् ।
धनुषाबाट अजय सिंहसहित ३÷४ जना सम्पर्क रहेको छ । तर त्यसको विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार महोत्तरीबाट सम्पर्कविहिन हुनेहरुमा अपर त्रिशुलीमा कार्यरत बर्दिबास नगरपालिकाका सौभाग्य विष्ट, जौया राना मगर, गौशाला नगरपालिकाका विजयथापा मगर, त्रिशुली हाइड्रोपावरमा कार्यरत पिपरा गाउँपालिकाका विकास यादव, जलेश्वरका राकेशकुमार यादव, नुवाकोटको चिसाङपुर सब स्टेशनमा कार्यरत लोहारपट्टी नगरपालिकाका युवराज पाण्डे, चिलिमे सव स्टेशनमा कार्यरत औरही नगरपालिका ३ का सचिन कुमार यादव, पर्यटक गाडी चालक लेश्वरका सुशिल लाल दास, गौशाला ८ का सीतल लुङ्गेली र साइमान लुङ्गेली रहेका छन् ।
मधेशका विभिन्न जिल्लाबाट रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका व्यक्तिहरू बाढीपछि परिवारसँग सम्पर्कमा आउन नसकेको बताइएको छ । सम्पर्कविहीन व्यक्तिका परिवारजन चिन्तित बनेका छन् ।
यता प्रहरीले प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन व्यक्तिबारे थप विवरण संकलन भइरहेको जनाएको छ । प्रदेश प्रहरी र जिल्ला प्रशासन कार्यालयले बाढीमा परेर कोही कसैको कुनै व्यक्ति सम्पर्कविहिन रहेको छ भन्ने नजिकको प्रहरी चौकीमा गएर विवरण टिपाउन अनुरोध गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीले हामीले विभिन्न सामाजिक सञ्जाल मार्फत र जिल्ला प्रहरी कार्यालय तथा इप्रकाहरुमा सम्पर्कविहिन भएका व्यक्तिहरुको विवरण टिपाउन अनुरोध गरेका छौं । प्राप्त विवरण अनुसार केन्द्रिय कार्यालय तथा उद्धार टोलीसँग खोजीका समन्वय गरिरहेका छौं बताए ।
