सर्लाही, १३ भदाै । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ ।

कतिपय विद्युतको आयोजनाको टनेलमा फसेकाहरूको उद्धार हुन बाँकी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी छ ।

अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उत्खननको प्रगति राम्रो रहेको भन्दै दिउँसो २ बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान रहेको जनाइएछ ।

अन्यत्र पनि कतिपय आयोजना पुरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।

यही बेला चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *