सर्लाही, १३ भदाै । सरकारले बाढी प्रभावित क्षेत्रहरूमा ड्रोनबाट संकलन गरिएका एरियल फोटो, भिडिओ, म्यापिङलाई एकीकृत गर्ने भएको छ ।
बाढी तथा विपद् प्रभावित क्षेत्रहरूमा ड्रोनबाट खिचिएका एरियल फोटो, भिडिओ लगायतका विभिन्न डेटालाई केन्द्रिकृत प्रणालीमा संकलन गर्न थालेको हो ।
त्यसपछि आवश्यक तथा प्रमाणित सूचनालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) तथा सम्बन्धित निकायलाई विपद् प्रतिकार्य र निर्णयका लागि पठाइनेछ ।
यसका लागि सरकारले सबै ड्रोन पाइलट, अपरेटर, संस्था तथा सञ्चारमाध्यमहरूलाई फुटेज तथा फोटो उपलब्ध गराउन गुगल फर्म उपलब्ध गराएको छ ।
पहिल्यै संकलन भएका डेटाका लागि थप स्रोतसाधन प्रयोग गर्न नपरोस् भन्ने उद्देश्यले यो काम अघि बढाइएको बताइएको छ ।
