पूर्वतर्फ केही पर भयो मनसुन रेखा

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास छ । यसको अर्थ मनसनुको रखेा नेपालको पश्चिमतर्फ केही नजिक छ भने पूर्वतर्फ केही टाढा छ । मनसुनको रेखा जति नजिक भयो उति पानी पर्ने सम्भावना बढ्छ । 

मौसम महाशाखाले आज (बुधबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कोसी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *