बाढीका कारण करदाता पुरस्कार वितरण स्थगित, असोज १ गते एकैपटक दिइने

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरेको करदाता प्रोत्साहन पुरस्कार वितरण कार्यक्रम स्थगित गरेको छ ।

देश शोक र विपत्तिमा रहेका बेला पुरस्कार वितरण कार्यक्रम गर्न उपयुक्त नहुने भन्दै विभागले भदौ १६ गतेको कार्यक्रम स्थगित गरेको हो ।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र १६ गते करदाता प्रोत्साहन पुरस्कार घोषणा तथा वितरण गर्ने गरिएको थियो ।

अब भदौ १६ गते स्थगित भएको कार्यक्रमसहित भदौ महिनाभरिका विजेतालाई आगामी असोज १ गते एकैपटक पुरस्कार वितरण गरिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *