त्रिशूली ३ ‘ए’को पावरहाउस पुग्न अब १ सय ६० मिटर बाँकी

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै । त्रिशूली ३ ‘ए’को सुरुङको मुखमा रहेका ७ वटा रहेका ७ वटा ठूला ढुंगा विस्फोट गरी हटाइएको छ ।

सुरुङ क्षेत्रमा रहेका रास्वपा सांसद् श्रीराम न्यौपानेले सामाजिक सञ्जालमा अपडेट गरेअनुसार मंगलबार रातभर जमेको पानी निकालेर सुरुङको मुखका अप्रत्यासित ठूला ७ वटा कडा ढुंगा विस्फोट गरी हटाइएको हो ।

उक्त स्थानबाट अब ती ढुंगा सफा गर्दै तल झर्ने काम भइरहेको जानकारी पनि उनले दिएका छन्। ‘लेभल डाउन गर्ने काम भइरहेको छ,’ उनले भनेका छन् ।

सुरुङ भित्रको लेदो सफा गरेर बाहिर ल्याउन ह्विल लोडर र मिनी एक्साभेटर तयारी अवस्थामा राखिएको जानकारी पनि उनले दिए ।

सुरुङ सफा गर्दै १६० मिटर पार गरेपछि पावरहाउस पुगिने जानकारी उनले दिए ।

‘पावर हाउसमा मात्र सुरक्षित ठाउँ मान्न सकिन्छ,’ उनले भनेका छन् ।

त्रिशूली ३ ‘ए’को सुरुङभित्र हराइरहेका कर्मचारी र मजदूरहरूको अहिलेसम्म कुनै संकेत भेटिएको छैन । यद्यपि पावरहाउससम्म पुग्ने प्रयास भने सेना र प्राविधिकसहितको टोलीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *