नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने भएका छन् ।

संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको १५ दिनको तलब दिने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले बताए । सबै सांसद र सांसदका स्वकीय सचिवलाई पार्टीको खातामा रकम हाल्न भनेको छ ।

सबै सांसदसहित प्रदेश र स्थानीय तहको समेत जम्मा गरी एकमुष्ट रूपमा छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *