भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै ।  प्रधानमन्त्री बालेन शाहले भोटेकोशीमा बाढी आएको सूचना पाएदेखि नै सरकार खोजी, उद्धार र राहतमा सक्रिय भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भदौ १० बिहान पौने ९ बजेदेखि नै सरकारका सम्पूर्ण संयन्त्र सक्रिय भएको जानकारी दिए ।

यस्तो छ उनले सदनमा प्रस्तुत गरेको टाइमलाइन
मिति २०८३ भदौ १० गते 
बिहान ८ः४५ बजे–
 सूचना आयो–रसुवाको भोटेकोशीमा भिषण बाढी आयो।  तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ र सुरक्षा सतर्कता अपनाउन निर्देशन ।

बिहान ९ः०० बजे– तटीय क्षेत्रका बस्तीहरूमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमार्फत सुरक्षित स्थानमा जान आग्रह । 

बिहान ९ः१५ बजे– परिस्थितिलाई ध्यान दिंदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक । प्रभावित क्षेत्रका मानिसहरुलाई कसरी उद्धार गर्ने भन्ने निर्णय । 

बिहान ९ः३५ बजे– टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकहरुको मोबाइलमा सतर्कताको सूचना प्रवाह ।

बिहान ९ः४५ बजे– नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उड्यो। त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो। तुरुन्तै निजी हेलिकप्टरलाई स्ट्याण्डबाई राखियो । 

बिहान १०ः०० बजे– नेपाली सेनाको मनसुन कमाण्ड पोष्टको आकस्मिक बैठक, प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय । 

बिहान १०ः३० बजे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सर्च एण्ड रेस्क्यु तथा इमरजेन्सी रेस्पोन्स टिम’ तयारी अवस्थामा, काठमाडौँलगायत अन्य जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाट सुरक्षाकर्मीहरुलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन । 

बिहान ११ः०० बजे– विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर खोज, उद्धार र उपचारलाई प्राथमिकता दिन निर्देशन । थप हेलिकोप्टर र ड्रोन टोली परिचालन गर्न समेत सम्बन्धित निकायहरुलाई निर्देशन । 

दिउँसो १२ः३० बजे– मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारलाई तीव्र बनाउने निर्णय । साथै, १५ वटा प्रभावित स्थानीय तहलाई ३ महिनाका लागि विपद् संकट ग्रस्त क्षेत्र घोषणा गर्ने, मृतकका परिवारलाई कानुन बमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने, घाइते एवं बिच्चलीमा परेका व्यक्तिहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने, र यस कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय । 

दिउँसो १ बजे– प्रभावित क्षेत्रका संघीय सांसदहरुसँग छलफल । तत्कालै  सम्पर्कमा आउनु भएका स्थानीय जनप्रतिनिधिहरुसँग टेलिफोनमार्फत जानकारी । 

दिउँसो ३ बजे– सूचना तथा सञ्चारमन्त्रीको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान । 

राति ७ः४०– प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह । 

२०८३ भदौ ११ गते
बिहान– पूर्वाधार विकास मन्त्रीसहितको टोली लिएर प्रधानमन्त्री स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा । प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल । 
दिउँसो– रसुवा र नुवाकोटका लागि  १÷१ करोड रुपैयाँ र धादिङका लागि ५० लाख रुपैयाँ निकासा ।
राति ८ बजे– नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन।
सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *