अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार

Byसदाम हुसैन

२०८३ भाद्र २०, शनिवार २०८३ भाद्र २०, शनिवार २०८३ भाद्र २०, शनिवार

सर्लाही, २० भदाै । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ ।  भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ । उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो ।

यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो ।

२१६ मेगावाटको अपर त्रिशूली-१  चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *