खसी भन्दै बाख्रीको मासु बेचेको आरोपमा ३ जना पक्राउ

Byसदाम हुसैन

२०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार

सर्लाही, २२ भदाै । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौडाका २१ वर्षीय सुजन रसाइली छन् ।

रातोपुल नजिक सफिक मासु पसल खालेर खसीको मासु भन्दै प्रतिकिलो १८ सय रुपैयाँका दरले बाख्रीको मासु बेचेको प्रहरीले बताएको छ ।

बाख्रीको मासु र अर्को काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *