सर्लाही, २५ भदौ । रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘हामी विषम् परिस्थितिमा छौं । बाढी पहिरोको मारमा छौं । खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ । अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने, ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं ।
संविधानको मर्ममाथि प्रहार भइरहेको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ । तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ । सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ ।’
