सर्लाहीमा चट्याङ लागेर बालिकाको मृत्यु, दुई घाइते

Byसदाम हुसैन

२०८३ भाद्र ३१, बुधवार २०८३ भाद्र ३१, बुधवार २०८३ भाद्र ३१, बुधवार

सर्लाही, ३१ भदाै । सर्लाहीको बागमती नगरपालिका–४, गोले टोलमा मंगलबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

साँझ ५ः३० बजेतिर भएको उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् । साँझपख घर नजिकै खेलिरहेका बेला पानीसँगै परेको चट्याङ लागेर ठाकुरसिंह मोक्तानकी छोरी १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको हो ।

चट्याङ लागेर अचेत भएकी दिनालाई उपचारका लागि बागमतीस्थित स्वास्थ्य संस्थामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चट्याङ लागेर हस्तबहादुर बोम्जनकी छोरी ११ वर्षीया प्रितिमा बोम्जन र ४२ वर्षीय पोसाकबहादुर वाइबा घाइते हुनुभएको छ । 

घाइतेमध्ये गम्भीर अवस्थाकी प्रितिमालाई थप उपचारका लागि वीरगन्ज लगिएको छ भने सामान्य अवस्थाका पोसाकबहादुरको बागमतीमै उपचार भइरहेको छ । मङ्गलबार साँझ भारी वर्षासँगै चट्याङ पर्दा दुःखद् घटना भएको स्थानीयले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *