सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Byसदाम हुसैन

२०८३ आश्विन ३, शनिवार २०८३ आश्विन ३, शनिवार २०८३ आश्विन ३, शनिवार

सर्लाही, ०३ असोज । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको प्रदेश २–०३–०१९ प ३०७ नम्बरको मोटरसाइकलले सोही दिशामा रहेका एक पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ७० वर्षीय बालमिकी राय यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

टाउको र नाकबाट रक्तस्राव हुनुका साथै दाहिने खुट्टाको हड्डी भाँचिएका यादवलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मलंगवा नगरपालिका ४ का ५९ वर्षीय महेश महतोको कम्मर र दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न कबिलासी नगरपालिका–६ का ५० वर्षीय रामलोचन रायलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *