चोरीको दुई मोटरसाइकलसहित तीन युवा पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन १०, शनिवार २०८३ आश्विन १०, शनिवार २०८३ आश्विन १०, शनिवार

सर्लाही, १० असाेज । काठमाडौँको चन्द्रागिरी–९ मच्छेगाँउमा घर अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोरीको आरोपमा तीन युवा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा धादिङ, गजुरी–७ घर भई चन्द्रागिरी–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, सोही ठाउँका २२ वर्षीय आकाश तामाङ र गजुरी–८ घर भएका २१ वर्षीय बेलबहादुर तामाङ छन् ।

प्रहरी वृत्त थानकोटका अनुसार, चन्द्रागिरी–१ गोकुलपाटीबाट बाइकको लक तोड्न प्रयोग गर्ने सामानसहित बा.प्र.०२–०४१ प ३९३४ र बा.प्र.०२४५ प ६७०५ नम्बरको मोटरसाइकल सहित उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुका साथबाट ५५ हजार रुपैयाँ नगद पनि बरामद भएको छ । उनीहरुलाई मोटरसाइकल चोरी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *