सर्लाही, १३ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
बुधबारदेखि लागू हुने पाण्डेले राजीनामा दिएका हुन् । नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेको अवस्थामा पाण्डेले राजीनामा दिएका पाइएको छ ।
संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सँग सम्बन्धित व्यवस्थापछि सेवा अवधि बाँकी छँदै सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ ।
पछिल्लो समय विभिन्न तहका ५३८ निजामती कर्मचारीले राजीनामा दिएका छन्। जसमा तीमध्ये तीन सचिव र २५ बढी सहसचिवसमेत छन् ।
