चोलेन्द्रको गिरिफ्तारीमा सांसद खातीले खोजे सरकारको जवाफ, रुलिङ माग

Byसदाम हुसैन

२०८३ आश्विन १५, बिहीवार २०८३ आश्विन १५, बिहीवार २०८३ आश्विन १५, बिहीवार

सर्लाही, १५ असोज । सांसद खम्बबहादुर खातीले सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ गर्दा प्रश्नै–प्रश्न उठ्ने काम गरेको बताएका छन् ।

संविधानप्रदत्त नागरिक हक कुण्ठित गर्दै जबरालाई पक्राउ गरेर थुनेको उनले बताए । सरकारले राष्ट्रिय मानवअधिकार आयोगलाई निषेध गरेर संविधानको थप उल्लंघन गरेको उनको भनाइ छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खातीले सरकार संविधान र कानुन मान्न तयार हो कि होइन भन्ने प्रश्न गरे ।

“पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई किन मध्यरातमा पक्राउ गरियो, बिनासर्त १२ घण्टा बढी किन थुनामा राखियो ?” खातीले प्रश्न गरे, “सुरक्षामा खतराका कारण सुरक्षित ठाउँमा राखिएको भनियो, यो भनेको के हो ? को-कसबाट सुरक्षा खतरा भयो ? राष्ट्रिय मानवअधिकार आयोगको टोलिलाई किन भेट्न दिइएन ?”

सरकारले यसबारे सदनमा जवाफ दिनुपर्ने बताउँदै रुलिङको माग गरे ।

“यो संविधान बमोजीमको सरकार हो कि होइन, हो भने संविधान कानुनको परिपालना गर्नुपर्छ कि पर्दैन ?  संविधानको धारा २० को न्यायाको हक, पक्राउ परेको कारणसहित सूचना नदिइ थुनामा राखिने छैन भनिएको छ,” उनले भने, “स्वतन्त्रताको हक, मानवअधिकारको हक कुण्ठित भएको छ । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९(१८) उलंघन भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *