सर्लाहीका बागमती नगरपालिका–३ का वडाध्यक्षको निधन

Byसदाम हुसैन

२०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार

सर्लाही, १६ असाेज । सर्लाहीको बागमती नगरपालिका–३, धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ । 

मुटु रोगबाट पीडित ४७ वर्षीय मोक्तानको शुक्रबार बिहान काठमाडौँमा निधन भएको बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले बताउनुभयो । वडाध्यक्ष मोक्तान उपचारका लागि एक महिनाअघि काठमाडौँ जानुभएको थियो ।

उहाँको आगामी असोज २२ गते शहीद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्र बाँसबारीमा अप्रेसनको तयारी भइरहेका बेला निधन भएको हो ।

केही दिनदेखि ज्वरो आएपछि कोठामै आराम गरिरहेको अवस्थामा शुक्रबार बिहान मोक्तानको निधन भएको जानकारी प्राप्त भएको बागमती नगरपालिका–२ का वडाध्यक्ष टेकबहादुर बलले जानकारी दिनुभयो ।

२०७९ को स्थानीय तह निर्वाचनमा मोक्तान तत्कालिन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *