धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए : प्रधानमन्त्री बालेन

Byसदाम हुसैन

२०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार

सर्लाही, १९ असाेज । प्रधानमन्त्री बालेन शाहले कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनमा आफ्नाे आलाेचना भएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै कांग्रेस सभापति गगन थापा लक्षित व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुला मञ्चमा उद्घाटन भएको थियो । उद्घाटन समारोहमा कांग्रेस सभापति थापाले संसद् खुला हुनुपर्ने बताएका थिए । उनले प्रधानमन्त्री शाह संसद्‌मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए ।

थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन भइरहेकै दिन सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *