कांग्रेस महाधिवेशन: बन्दसत्रमा आज प्रतिवेदन पारित गरिँदै

Byसदाम हुसैन

२०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार

सर्लाही, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज पनि बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

महाधिवेशनमा पार्टी सभापति तथा अन्य नेताहरूले प्रस्तुत गरेका राजनीतिक, समसामयिक, संगठनात्मक र आर्थिक विषयसँग सम्बन्धित प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले आफ्ना धारणा राखिरहेका छन् ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । त्यस्तै उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव पेश गर्नुभएको थियो ।

महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्नुभएको छ ।

आजको बन्दसत्रबाट ती सबै प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ। छलफलमा सात प्रदेशका प्रतिनिधिहरूसँगै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *