सर्लाही, २१ असाेज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटस्थका घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।
विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
पूर्वप्रधानन्यायाधीश जबरालाई केही दिन अघि मात्रै प्रहरी पक्राउ गरेको थियो । उनलाई मध्यराति पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखेर भोलिपल्ट छोडिएको थियो ।
जबरासँग मिलेर चलखेल गरेको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई समेत पदबाट निलम्बन गरिएको छ ।
