कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

Byसदाम हुसैन

२०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार

सर्लाही, २८ असोज ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको चार प्रदेशको मतगणना सुरु हुँदै छ ।

आज दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

केन्द्रीय सदस्यका उम्मेदवार मतगणना स्थलमा आफैँ उपस्थित हुन पाउने तर प्रतिनिधि राख्न नपाउने समेत निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *