आउँदो मंगलबारदेखि पानी पर्ने सम्भावना तर त्रसित हुन नपर्ने मौसमविद्को भनाइ

Byसदाम हुसैन

२०८३ कार्तिक ६, शुक्रवार २०८३ कार्तिक ६, शुक्रवार २०८३ कार्तिक ६, शुक्रवार

सर्लाही, ०६ कार्तिक । आउँदो मंगबारदेखि देशका केही भागमा पानी पर्न सक्ने सम्भावना छ । 

पानी पर्ने भए पनि त्रसित हुन नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा अहिले वर्षाबारे त्रसित हुने गरी हल्ला फैलिएका तर केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिनुभएको छ  । 

१० गते मंगलबारदेखि वर्षा हुन सक्ने भए पनि कुन ठाउँमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने अहिलेसम्म यकिन भई नसकेको महाशाखाले जनाएको छ ।

महाशाखाले छिट्टै यसबारे आधिकारिक सूचना र विश्लेषण दिने जानकारी दिएको छ । पानी पर्न सक्ने क्षेत्रका किसानलाई विशेष गरी मुख्यबाली धान भित्र्याउन त्यसैअनुसार पूर्व तयारी र सावधानी अपनाउन सूचित गरिने भएको छ । 

महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । 

देशका अन्य हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र तराईमा भने आजको मौसम सफा रहने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *