यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७-१८ मा खुवाउने

Byसदाम हुसैन

२०८३ कार्तिक ८, आइतवार २०८३ कार्तिक ८, आइतवार २०८३ कार्तिक ८, आइतवार

सर्लाही, ०८ कार्तिक । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण यही कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार हरेक वर्ष बैशाख ६ र ७ गते तथा कार्तिक २ र ३ गते  राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम संचालन गर्दै आएकोमा यस पटक दशैँ विदा परेका कारण पछि सारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दशैँ बिदाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरणका लागि नयाँ मिति तय गरिएको हो ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने महाशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *