आज ब्रह्मपुरीमा सोमबार शोक बिदा

Byसदाम हुसैन

२०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार

सर्लाही, ०९ कार्तिक । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा आज (सोमबार) शोक बिदा दिइएको छ । 

गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनमा दुःख व्यक्त गर्दै गाउँ कार्यपालिका बैठकले सोमबार पालिकाभर शोक बिदा दिने निर्णय गरेको हो ।

उपाध्यक्ष श्यामकला यादवले सूचना जारी गर्दै सोमबार गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थामा शोक बिदा दिइएको जानकारी दिनुभयो । 

ब्रह्मपुरी गाउँपालिका–२ घर भएका ८५ वर्षीय साहको गत बुधबार बिहान काठमाडौँमा निधन भएको थियो । गाउँपालिका अध्यक्ष साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्वन्धी समस्या) देखिएको थियो । 

साह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *