सर्लाही, ०९ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँके जङ्गलमा शनिबार मध्याह्न ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । 

बाराको सुवर्ण गाउँपालिका–४ बस्ने रञ्जितको उपचारका क्रममा एलएस न्यूरो अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभयो ।

इन्स्पेक्टर केसीका अनुसार अन्य ११ जना घाइतेमध्ये केही डिस्चार्ज भएका छन् भने केहीको लालबन्दी र कलैयामा उपचार चलिरहेको छ ।

सर्लाहीबाट महोत्तरीको बर्दीवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्वरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्वरको ट्रक ठोक्किँदा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *