चितवनका डेभिड मलानले हाने एनपीएल सिजन–३ मा पहिलो अर्धशतक

Byसदाम हुसैन

२०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार

सर्लाही, १० कार्तिक । नेपाल प्रिमियर लीग (एनपीएल)को सिजन ३ मा चितवन राइनोजका डेभिड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन् । विराटनगर किंग्सविरुद्ध मलानले ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् ।

३९ वर्षका इंग्ल्याण्डका मलानलाई चितवनले यसैपटकदेखि टिममा भित्र्याएका हो । मलानले ५० बलमा ७० रन बनाए । उनलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका छन् । 

पहिलो ब्याटिङ गरेका चितवनले १२.२ ओभरमा ९० रन बनाउँदा ३ विकेट मात्रै गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *