सर्लाही, ११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिने कर्मचारीलाई कारवाही सिफारिस गरेको छ ।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

कुन सार्वजनिक संस्थामा जागिरे हुन भन्ने उनले खुलाएका छैनन् । पार्टीभन्दा राष्ट्र पहिलो हुने उनको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *