बंगलादेशका परवेज इमोनले जनकपुरबाट एनपीएल खेल्ने

Byसदाम हुसैन

२०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार

सर्लाही, १२ कार्तिक । बंगलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । 

जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

चौबीस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बंगलादेशले यू–१९ विश्वकप जित्दा टोलीका सदस्य थिए । उनले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक बनाएका थिए ।

सन् २०२५ मा उनले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टी–२० अन्तर्राष्ट्रियमा पनि शतक प्रहार गरेका थिए ।

उनले हालसम्म ४० टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । इमोनले पाकिस्तान सुपर लिग (पीएसएल) खेलिसकेका छन् । एनपीएल उनका लागि दोस्रो विदेशी लिग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *