आज पनि खुवाइँदैछ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

Byसदाम हुसैन

२०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार

सर्लाही, १८ कार्तिक । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत आज पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । 

कार्यक्रमअन्तर्गत बुधबार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको हो। मंगलबार पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो । 

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए ।

अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे ।

कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *