सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा दिन्छौँ : अध्यक्ष साम्पाङ

Byसदाम हुसैन

२०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार

सर्लाही, १८ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउने बताएका छन् ।

मेचीनगर-६ स्थित काँकडभिट्टामा मंगलबार आयोजित जनसभामा उनले आफ्नो पार्टी श्रमजीवी र गरिब जनताको पक्षमा रहेको बताएका हुन् ।

पार्टीका श्रमदाताले देशका विभिन्न स्थानमा गरिबका लागि श्रम गरेर आफ्नो राजनीतिक लक्ष्य कामबाटै प्रमाणित गरिरहेको उनको दाबी थियो ।

सुकुम्बासी समस्या समाधानमा वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै उनले भने, ‘सरकारमा नभएका कारण हामीले आवाज मात्र उठाउन सकेका छौँ । सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ ।’

झापाका बासिन्दाले जगंली हात्तीको समस्या झेल्नुपरेको उल्लेख गर्दै उनले नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरे । सोही दिन, अर्जुनधारामा आयोजित सभालाई सम्बोधन गर्दै राईले श्रम गरेरै देशलाई सुखी र समृद्ध बनाउन सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *