देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन

Byसदाम हुसैन

२०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार

सर्लाही, २४ कार्तिक ।  गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन गर्ने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा देउसी भैलो सञ्चालन गर्न निर्देशन दिएको हो ।

देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वैच्छिक र मर्यादित ढङ्गले मात्र सञ्चालन गर्न दिनु र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउनुहुन निर्देशन छ ।

सचिवस्तरीय निर्णयबाट निर्देशन दिएको गृह मन्त्रालयका शाखा अधिकृत आनन्द न्यौपानेद्वारा जारी परिपत्रमा उल्लेख छ । विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा एवम् द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिन, चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक ठाउँमा जाँडरक्सी खाएर होहल्ला नगर्न, लागूपदार्थ सेवन गरी गाडी नचलाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम/ध्वनि उपकरणको प्रयोग नगर्न तथा अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *